निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको तयारी

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १८, शुक्रबार १६:४९

काठमाडौं ।  निर्वाचन आयोगले आगामी निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विगतका निर्वाचनहरूको अभ्यास अनुसार मतदान हुनुभन्दा ५० देखि ५२ दिन अगाडि नै आचारसंहिता लागू गरिने जानकारी दिएका हुन्।

आयोगले राजनीतिक दल र सरोकारवालाहरूसँगको व्यापक परामर्शपछि आचारसंहिता पारित गरिसकेको छ। यस पटकको आचारसंहितामा सूचना प्रविधिको प्रयोगलाई नियमन गर्ने र ‘हरित निर्वाचन’ को अवधारणालाई प्राथमिकता दिने नयाँ प्रावधानहरू समेटिएका छन्। जस अनुसार प्लास्टिकजन्य निर्वाचन सामग्रीको प्रयोगमा पूर्ण रोक लगाउँदै भर्चुअल माध्यमबाट गरिने प्रचारप्रसारलाई प्रवर्द्धन गर्ने नीति लिइएको छ।

आचारसंहितामा राजनीतिक दलहरूको चुनावी घोषणापत्र र त्यसको जवाफदेहितालाई पनि विशेष जोड दिइएको छ। दलहरूले मत माग्न जाँदा अनिवार्य रूपमा घोषणापत्र लैजानुपर्ने र निर्वाचन पश्चात् उक्त घोषणापत्र कति कार्यान्वयन भयो वा भएन भन्ने विषयमा प्रतिवेदन तयार पारी सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसैगरी, उम्मेदवारहरूले गर्न पाउने अधिकतम खर्चको सीमा निर्धारण गरिएको छ भने सम्पूर्ण निर्वाचन खर्च बैंक खातामार्फत मात्र गर्नुपर्ने अनिवार्य प्रावधान राखिएको छ। निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन आयोगले यस्तो रणनीति अख्तियार गरेको हो।

तपाइको प्रतिक्रिया
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुँदै
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.