बुद्धको जहाज दुर्घटना : ७ जना घाइते

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १९, शनिबार ०६:५०

विराटनगर । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। काठमाडौँबाट शुक्रबार राति ८:२३ बजे उडेको कलसाइन ९०१ रहेको एटीआर ७२ जहाज ९:१० बजे अवतरणका क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएको हो।

यात्री, चालक दलका सदस्य र इन्जिनियरसहित ५६ जना सवार जहाज दुर्घटना भए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुको नेतृत्वमा ७० जनाको टोली उद्धारका लागि खटिएको थियो।

घाइते हुनेमा ललितपुर–४ निवासी २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठ, भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौँ–१६ की ४० वर्षीया मुना घतानी र सोही स्थानकी १६ वर्षीया प्रिया घतानी छन्।

घाइतेहरूलाई तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्‍याइएको थियो। टाउको र अनुहारमा चोट लागेका को–पाइलट श्रेष्ठको हाल अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना यात्रीहरू सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।

तपाइको प्रतिक्रिया
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.