निर्वाचन सफल बनाउन संवैधानिक आयोगहरूको साथ, मातृभाषामा प्रचारप्रसार गर्न सुझाव

Share this
612shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २०, आइतबार १९:४०

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ र सफल बनाउन निर्वाचन आयोगले विभिन्न संवैधानिक आयोगका प्रमुखहरूसँग छलफल गरेको छ। आइतबार भएको उक्त छलफलमा निर्वाचनलाई समावेशी बनाउने र सबै समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्ने विषयमा केन्द्रित रहेर संवाद भएको थियो।

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरका अनुसार निर्वाचन आयोगले समानुपातिक समावेशिता लागू गर्दा आइपर्ने अन्योल चिर्न सहयोग मागेको छ। छलफलमा समावेशिताको आधार तय गर्दा वैवाहिक सम्बन्धभन्दा ‘जन्मसिद्ध अधिकार’लाई नै मान्यता दिनुपर्ने सुझाव दिइएको छ। साथै, खस नेपाली भाषा नबुझ्ने समुदायका लागि उनीहरूकै मातृभाषामा निर्वाचन प्रचारप्रसार गर्नुपर्ने र निर्वाचनलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिइएको छ।

मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले मुस्लिम समुदायलाई निर्वाचनमा सहभागी गराउन मस्जिद र जुमाको नमाजलाई माध्यम बनाइने जानकारी दिए। हरेक शुक्रबार नमाजमा सहभागी हुनेहरूलाई इमाममार्फत निर्वाचनको महत्त्वबारे सचेत गराइने उनले बताए। छलफलमा सहभागी सबै संवैधानिक आयोगहरूले आ–आफ्नो क्षेत्रबाट निर्वाचनको अनुगमन गर्ने र निर्वाचनलाई निष्पक्ष बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

तपाइको प्रतिक्रिया
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.