भीमफेदी सुमो दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २१, सोमबार ०८:५६
काठमाडौंबाट हेटौँडा आउँदै गरेको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझमा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका ६ जना र घाइते ३ जनाको पहिचान खुलेको छ ।

भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो भने ३ जना गम्भीर घाइते भए थिए ।

आइतबार साँझमा काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना  १ ज १७७८ नम्बरको सुमो गाडी सडकबाट करिब १ सय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेका ९ जनाको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर र २ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेमध्ये सुमो चालक गणेश थापा र १२ वर्षीय अभ्यास लम्साललाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ ।

हेटौँडा अस्पतालमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा भारत बिहार राज्य पटनाका ४२ वर्षीय रजनिस कुमार, हेटौँडा –४ कमल डाँडाकी ४० वर्षीया सबिता लम्साल, हेटौँडा –२ कान्ति राजपथका २९ वर्षीय निखिल अग्रवाल, भारत बिहार बेगुसराईका ५० वर्षीय अरविन्द कुमार तथा पहिचान नखुलेका करिब ३६ र ४० वर्ष उमेरका दुई पुरुष रहेका छन् ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.