देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा तराईमा हुस्सु

Share this
636shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २२, मंगलबार ०६:३५

काठमाडौं । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिन थालेसँगै मौसमको स्वरूप परिवर्तन हुँदै गएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी र हिमाली भू–भागमा आंशिक बदली भएको छ भने तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो फैलिन थालेको छ । जनका कारण धेरै चिसोको महसुस हुन थालेको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा मंगलबार दिनभर आंशिक बदली रहने सम्भावना छ । ती प्रदेशका केही स्थानमा हल्का वर्षा हुनुका साथै हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ ।

बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ । तराईका अधिकांश स्थानमा दिउँसोसमेत हुस्सु र कुहिरो नहट्ने सम्भावना रहेकाले तापक्रम न्यून रहने संकेत देखिएको छ ।

राति पनि मौसमको अवस्था खासै परिवर्तन नहुने महाशाखाको भनाइ छ । तराईका धेरै भू–भागमा रातभर हुस्सु कायम रहनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीका साथ केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

अन्य क्षेत्रको आकाश भने मुख्यतया खुला रहनेछ । पश्चिमी वायु सक्रिय हुँदै जाँदा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा हल्का वर्षा हुने क्रमले चिसो थप बढ्ने देखिएको छ ।

विशेषगरी बिहान र रातको समयमा तराई तथा उपत्यकाका क्षेत्रमा कुहिरो बाक्लिन सक्ने भएकाले सडक यातायात प्रभावित हुने जोखिम रहेको महाशाखाले औँल्याएको छ । यस किसिमको मौसम अवस्थाले दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई र स्थल यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ ।

चिसोबाट जोगिन न्यानो कपडाको प्रयोग, कुहिरोको समयमा सवारी साधन सावधानीपूर्वक चलाउने तथा हिमाली क्षेत्रमा यात्रा गर्नेले मौसमको ताजा जानकारी लिएर मात्र अघि बढ्नुपर्ने सुझाव पनि महाशाखाले दिएको छ ।

तपाइको प्रतिक्रिया
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.