भदौ २३ र २४ को घटना: मेयर बालेन्द्र शाहद्वारा जाँचबुझ समितिसमक्ष लिखित बयान

Share this
650shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २२, मंगलबार १७:२२

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ समितिसमक्ष काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो लिखित बयान बुझाएका छन्। आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार आयोगले सोधेका विभिन्न प्रश्नहरूको जवाफ दिँदै शाहले उक्त लिखित बयान पेस गरेका हुन्।

यसअघि गत पुस ७ गते मेयर शाह आफैँ राष्ट्रिय मानव अधिकार आयोग पुगेर मौखिक बयान समेत दिएका थिए। उक्त क्रममा आयोगले उनीसँग करिब दुई घण्टा सोधपुछ गरेको थियो। सोधपुछका क्रममा भदौ २३ देखि २४ गतेसम्मको घटनाक्रममा उनको उपस्थिति, सामाजिक सञ्जालमा गरिएका टिप्पणी, सिंहदरबार जलाउने भनिएको प्रसंग, महानगरको सुरक्षा व्यवस्था र दमकल समयमा नपुगेको गुनासोका विषयमा केन्द्रित रहेर प्रश्नहरू सोधिएको थियो। यद्यपि, शाहले दिएको जवाफको विस्तृत विवरण भने आयोगले गोप्य राखेको छ।

आयोगले छानबिनको दायरालाई तीव्र पार्दै आइतबार मात्रै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित बयान लिएको थियो। प्रवक्ता शर्माका अनुसार बयान लिने कार्य अब अन्तिम चरणमा पुगेको छ। आयोगले हालसम्म कार्यक्षेत्रमा खटिएका प्रहरी अधिकारी, ‘जेन–जी’ प्रतिनिधि र प्रधानमन्त्रीको बयान लिइसकेको छ। पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई पनि एक साताको समय दिएर लिखित प्रश्न पठाइए पनि उनीहरूबाट जवाफ प्राप्त हुन बाँकी रहेको आयोगले जनाएको छ।

तपाइको प्रतिक्रिया
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.