विराटनगर । कानुन व्यवसायीहरूकाे छाता सङ्गठन नेपाल बार एसोसिएसन मोरङ बार इकाइको अध्यक्षमा हरिशङ्कर मण्डल निर्विरोध निर्वाचित भएका छन् ।
शुक्रबार १९ औं कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्षमा मण्डलको मात्रै उम्मेदवारी परेको थियो । एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । मण्डल प्रजातान्त्रिक कानुन व्यावसायी सङ्घ निकट हुन् ।
यसअघि मोरङ बारको अध्यक्ष कल्याण केसी थिए । उनी पनि निर्विरोध निर्वाचित भएका थिए ।
जिल्ला समितिको उपाध्यक्षमा नवराजप्रसाद दाहाल, सचिवमा खड्गबहादुर निरौला, सहसचिवमा धन थापा कार्की र कोषाध्यक्षमा बेनुप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाल बार एसोसिएसन केन्द्रीय समिति अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको उपस्थितिमा नयाँ कार्यसमिति घोषणा गरिएको थियो ।
जिल्ला समितिकाे सदस्यमा पूर्ण गौतम, भरत कटुवाल, हरिकुमार पोखरेल ,बिमला भट्टराई वस्ती, श्रुती अर्याल, विशाल दाहाल, हरिराज पौडेल, विनोद यादव, सुरजकुमार गच्छदार सिमन्स थापा, अरमान कटुवाल, कमला भट्टराई र राजनारायण चौधरी पनि निर्विरोध निर्वाचित भएका छन् ।
मोरङ बार इकाइले १५ जना केन्द्रीय पार्षद पनि निर्विरोध निर्वाचित गरेको छ ।