ज्येष्ठ नागरिक सेवा समाजले मनायो तिज

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र १३, बिहीबार १८:३९

विराटनगर । ज्येष्ठ नागरिक सेवा समाज विराटनगरले महिलाहरुको महान पर्व हरितालिका तिजका अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा ज्येष्ठ आमाहरुलाई दर खुवाउनुका साथै गीतमा नाचगानसमेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले तिजलाई सभ्य र मर्यादित रुपमा मनाउनुपर्नेमा जोड दिइन् ।

Advertisement

उनले पछिल्लो समय तिज पर्व भड्किलो र खर्चिलो बन्दै गएकोमा चिन्तासमेत व्यक्त गरिन् । चाडपर्व मनाउँदा आफ्नो मौलिक संस्कृतिलाई बिर्सन नहुने कार्कीले बताइन् ।

आयोजक संस्थाकी उपाध्यक्ष मिलन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघकी अध्यक्ष विष्णु शर्मा, सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मीना जोशी, वडा नम्बर ११ का वडा सदस्य गायत्री थापा, गेहना पासवान, समाजसेवी तारा शर्मा, ज्येष्ठ नागरिक समाज सेवाका सल्लाहकार गायत्री  अर्ज्याल, पिंगला भट्टराईलगायतले शुभकामना व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.