सुनको मूल्यमा भारी वृद्धि 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १, सोमबार ११:५२
सुनको मूल्यमा भारी वृद्धि 

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ । चाँदी प्रतितोला ६० रुपैयाँले बढेर ४ हजार ७ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.