‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चन गर्दै विद्यालय नाटक महोत्सव सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र २२, शनिबार १६:५३

विराटनगर । विराटनगरमा विद्यालय नाटक महोत्सवको चौथो संस्करण शनिबारदेखि सुरु भएको छ ।

आरोहण गुरुकुल विराटनगरको आयोजनामा सुरु भएको महोत्सवमा पहिलो दिन आयोजकले ‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चन गरेको थियो । त्यसअघि विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख उपसचिव रामप्रसाद ढुंगेल र महोत्सव निर्देशक भैरव क्षेत्रीले संयुक्त रुपमा महोत्सव उद्घाटन गरे ।

Advertisement

आइतबारदेखि विद्यालयहरुको नाटक मञ्चन सुरु हुनेछ । भदौ ३१ गतेसम्म बालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा विराटनगर, विराटचोक, बेलबारी, रंगेलीबाट ९ विद्यालयहरुले दैनिक एउटा नाटक मञ्चन गर्नेछन् । शनिबारको नाटकमा मानवीय अस्तित्वको खोजी मूल कथा थियो ।

नाटकले दर्शकलाई आफ्नो अस्तित्वबारे चिन्तन गर्न प्रेरित गर्दै आत्मनिरीक्षण गर्न उत्साह भरेको थियो ।

नाटकमा उद्धव सापकोटा, भरत कार्की, विकास पराजुली, प्रदीप दाहाल, दीक्षा चौधरी, अमिसा वाग्ले, निशान चौहान राईलगायतले अभिनय गरेका थिए ।

भोली आइतबार ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलले बुद्धिमानी आमा मञ्चन गर्ने छ । त्यसपछि क्रमशः दिल्ली पब्लिक स्कुलले छिमेकी, आदर्श माध्यमिक विद्यालयले भविष्य निर्माण, ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले रङ, पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले एक पटक बोलेको एक रुपियाँ मञ्चन गर्ने छ ।

यस्तै नमुना विद्या मन्दिरले जिम्मेवारी कसको ?, मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुललेस्मार्ट बन्द, सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले ‘ज्ञ’ र अन्तिम श्री एकता सेकेण्डरी स्कुलले साबित्रीको बाख्रो मञ्चन गर्ने छ ।

महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्डको व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.