सुनसरी र सिरहा घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २, मंगलबार १४:३२
सुनसरी र सिरहा घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

काठमाडौं । सुनसरीको देवानगन्ज र सिरहाको गोलबजारमा भएका घटनाको छानबिन गर्न गठित दुई छुट्टाछुट्टै समितिले आफ्नो प्रतिवेदन सरकार समक्ष बुझाएका छन् । गृह मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा दुवै समितिका तर्फबाट गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

प्रतिवेदनमा घटनाको स्थलगत अध्ययन, वस्तुगत विश्लेषण, घटना हुनुका कारण, दोषी पक्षको पहिचान र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन गरिनुपर्ने सुधारका उपायसहितका निष्कर्ष र सिफारिसहरू समेटिएको बताइएको छ ।

Advertisement

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले दुवै समितिबाट प्रतिवेदन प्राप्त भएको पुष्टि गर्दै त्यसमा उल्लेखित राय–सुझावहरूको अध्ययन सुरु भइसकेको जानकारी दिए । हामी प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरिरहेका छौँ । अध्ययनपछि प्राप्त निष्कर्षका आधारमा सरकारले दोषीमाथि कारबाही र आगामी कदमबारे आवश्यक निर्णय लिनेछ,’ प्रवक्ता काफ्लेले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.