विराटनगरमा नेता र कर्मचारीले डुबाए सहकारी

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ३०, आइतबार १९:४२

विराटनगर । नेता र कर्मचारीले सहकारी कसरी डुबाएका छन् भन्ने बुझ्नलाई विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारीलाई हेरे पुग्छ ।

उक्त सहकारीमा सर्वसाधारण बचतकर्ताले जम्मा गरेको ९ करोड २५ लाख रूपैयाँ नेता र कर्मचारीले घोटाला गरेका छन् । आफूलाई राजनीतिकर्मी, अधिकारकर्मी र सामाजिक अभियन्ता भन्नेहरु नै सहकारीका संचालक थिए । उनीहरुकै मिलेमतोमा बचतकर्ताको रकम हिनामिना हुँदा सहकारी डुबेको छ ।

रकम हिनामिनामा मुछिएका सहकारीका अध्यक्ष अमलेश कर्णलाई प्रहरीले पक्राउ गरेको छ । कर्णविरुद्ध यसअघि नै उजुरी परेको थियो । प्रहरीले गत बुधबार पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याएको हो ।

सहकारीले लगानी गरेको ऋण उठ्न नसक्ने अवस्था छ । सहकारीका अध्यक्ष कर्ण तत्कालीन विवेकशील साझा पार्टी मोरङका अध्यक्ष हुन् । उनी २ पटक विराटनगरको मेयरमा उठेका थिए ।

सहकारीको कार्यालय १ वर्षदेखि बन्द थियो । अध्यक्ष कर्णसहितका संचालक फरार भएका थिए । बचतकर्तासँग सम्पर्कविहीन भएका संचालकविरुद्ध प्रहरीमा उजुरी परेको थियो । त्यसकै आधारमा प्रहरीले कर्णलाई पक्राउ गरेको हो । अरु फरार नै छन् ।

सहकारीको रकम हिनामिना प्रकरणमा संचालक र व्यवस्थापक जोडिएका छन् । सहकारीले लगानी गरेको ऋण उठ्न नसक्ने अवस्था छ । सहकारीका अध्यक्ष कर्ण तत्कालीन विवेकशील साझा पार्टी मोरङका अध्यक्ष हुन् । उनी २ पटक विराटनगरको मेयरमा उठेका थिए ।

ठगी प्रकरणमा जोडिएका संचालक प्रभाकर थापा (संजय) नेपाली कांग्रेसका महासमिति सदस्य एवं कांग्रेस भातृ संगठन तरुण दल मोरङका सभापति हुन् । सहकारी संचालक भागेपछि कोशी प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले गतवर्ष जिल्ला सहकारी संघ मोरङका सदस्य उमेश गुरुङको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेर छानबिन गरेको थियो ।

छानबिनका क्रममा सर्वसाधारणले जम्मा गरेको ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँमध्ये अध्यक्षसहित ५ पदाधिकारीले ६ करोड २८ लाख ६३ हजार ८ सय २५ रुपैयाँ अपचलन गरेको देखिएको थियो । सो रकमको ५० प्रतिशत पूर्वसचिव तथा व्यवस्थापक अमित कार्की र बाँकी रकम अमलेश कर्ण, प्रभाकर थापा र राधादेवी लिम्बूबाट असुल गर्नुपर्ने प्रतिवेदन समितिले दिएको थियो ।

कार्कीले मात्रै ४ करोड ७३ लाख ७४ हजार रुपैयाँ हिनामिना गरेको छानबिन समितिको निष्कर्ष छ । समितिका अनुसार कार्कीले सहकारीको रकम आफ्नो बैंक खातामा राखेर कारोबार गर्थे । २ वटा बैंकको आफ्नो खाताबाट उनले ५ करोड २५ लाख रुपैयाँ शंकास्पद कारोबार गरेको देखिएको थियो ।

सहकारीका पूर्वसचिव तथा संचालक प्रभाकर थापाले १ करोड ६० लाख ३३ हजार ४ सय २ रुपैयाँ, अध्यक्ष अमलेश कर्णले १ करोड ४७ लाख ८३ हजार २ सय ७५ रुपैयाँ र कोषाध्यक्ष राधादेवी लिम्बूले १ करोड ४३ लाख ९९ हजार ९ सय ६६ रुपैयाँ हिनामिना गरेको प्रतिवेदन समितिले तयार पारेको थियो ।

सहकारीविरुद्ध ९५ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् । निवेदन आउने क्रम जारी रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

सहकारीले लगानी गरेको ऋण असुल भएको अवस्थामा असुल भए बराबरको रकमको दायित्वबाट मुक्त गर्न सकिने र अपुग एवं नोक्सानी भएको रकम संचालकले बेहोर्नुपर्ने छानबिन समितिले औंल्याएको थियो । सहकारीले २ करोड ८१ लाख ६७ हजार ऋण असुल गर्नुपर्ने देखिन्छ ।

सहकारीविरुद्ध ९५ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् । निवेदन आउने क्रम जारी रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । ‘उजुरी आउने क्रम अझै जारी छ । १ जनालाई पक्राउ गरेर ल्याएका छौं । थप अनुसन्धान हुँदैछ,’ उनले भने ।

सहकारी संकटमा परेपछि सहकारीका अध्यक्ष कर्णले पत्नीसँग सम्बन्धविच्छेद गरेको पाइएको छ । कांग्रेस नेता एवं सहकारीका संचालक थापाले सहकारीको पैसाबाट झापाको धुलाबारीमा जग्गा किनेको देखिएको थियो ।

छानबिन समितिले विराटनगरका बासिन्दा थापाले झापाको धुलाबारी नगरपालिका–२ मा १८ कट्ठा जग्गा खरिद गरेको फेला पारेको हो । जसमध्ये २ कित्ताको ९ कट्ठा जग्गा उनको श्रीमतीको नाममा छ ।

छानबिन समितिले थापा दम्पतीको जग्गा रोक्का राख्न सुझाव दिएको थियो । एकपक्षीय भएको भन्दै अध्यक्षसहितका पदाधिकारीले समितिको प्रतिवेदन स्वीकार गर्न मानेका थिएनन् ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.