विश्वकप लिग– २ मा क्यानडासँग नेपालको लज्जास्पद हार

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १, मंगलबार ०६:३०

विराटनगर । आईसीसी विश्वकप लिग– २ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा क्यानडासँग लज्जास्पद हार व्योहोरेको छ । खराब ब्याटिङ गर्दै नेपाल १०३ रनले पराजित भएको हो । ओडीआईमा क्यानडासँग नेपालको यो पहिलो हार हो ।

२५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०‍.१ ओभरमा १५० रनमा अल आउट भयो । नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए ।

ओपनर कुशल भुर्तेल १, आसिफ शेख २०, भीम सार्की १८, रोहित पौडेल ५, कुशल मल्ल १२, दीपेन्द्रसिंह ऐरी ८, सोमपाल कामी ६, सन्दीप लामिछाने २२ र गुलशन झा १५ रनमा आउट भए । क्यानडाका तीव्र गतिका बलर डिलोन हेलिगरले १० ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए । अखिल कुमार र अंश पटेलले २–२ विकेट लिए । सादविन जाफरले १ विकेट लिए ।

त्यसअघि किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । ४० ओेभरमा १४९–५ को अवस्थामा रहेको क्यानडाले अन्तिम १० ओभरमा १०४ रन जोड्दै बलियो योगफल तयार गरेको थियो ।

नेपालले बुधबार ओमानसँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.