
ताप्लेजुङ । ताप्लेजुङमा अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगितामा शनिबार हुँदैछ ।
हिमाली संरक्षण मञ्च रेडपाण्डा नेटवर्कले अन्तर्राष्ट्रिय रेडपाण्डा संरक्षण दिवसको अवसर पारेर २१ सेक्टेम्बरमा प्रतियोगिता आयोजना गर्न लागेको मञ्चका कार्यवाहक अध्यक्ष भिङमारे लिम्बूले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा दक्षिण कोरियाका एक नागरिकसहित ५६ जनाले नाम दर्ता गराइसकेका छन् ।
म्याराथनमा सहभागीहरुका लागि १३ जना स्वास्थ्यकर्मीसहित ७२ जना स्वयंसेवक परिचालन गरिएको छ ।
स्वास्थ्यकर्मीको टोली प्रतियोगितामा भाग लिने खेडालीहरुको स्वास्थ्य परीक्षण सुरु गरिसकेका छन् ।
म्याराथन प्रतियोगिता फुङ्लिङबाट सुरु हुँदै ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिर पुगेर पुनःफुङ्लिङ आइपुग्दा ४८ किलोमिटर दुरी पूरा हुने आयोजकले जनाएको छ ।
पुरुष र महिला एकै पटक दौड्ने छन् । सबैभन्दा पहिले दौड पूरा गर्ने एक जना खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने भएको छ ।
प्रतियोगिताको पुरुष र महिलातर्फका प्रथमले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
त्यस्तै ताप्लेजुङ, पाँचथर र इलामका सहभागीमध्ये प्रथमले १५ हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार रपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।



















