विश्वकप लिग- २ मा क्यानडासँग खेल्दै नेपाल

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ६, आइतबार ०७:२९

विराटनगर । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दैछ ।

त्रिदेशीय एकदिवसीय शृङ्खलाका लागि क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग तेस्रो खेल खेल्न लागेको हो ।

शृङ्खलाको पहिलो खेलमा घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको नेपाल दोस्रो खेलमा ओमानसँग एक विकेटले पराजित भएको थियो । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ ।

शृङ्खलाको अन्तिम खेलमा नेपालले असोज ८ गते ओमान खेल्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.