
विराटनग । विराटनगरमा भएका ‘विराटनगर अन्तर विद्यालय पौडी’प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुलले १७ वटा स्वर्ण पदक जितेको छ ।
विराटनगर स्वीमिङ ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगितामा भएको ३३ इभेन्ट्सका खेलमा एभरेष्टले १७ वटा स्वर्ण पदक जितेको हो ।
लिलिपुट र श्री श्री रविशंकर स्कुलले ४–४ वटा स्वर्ण, बिकेभिएम र दिल्ली पब्लिक स्कुलले २–२ वटा स्वर्ण जिते ।
त्यस्तै, सेन्ट म्यारिज, सेन्ट जोसेफ, ह्याप्पी किड्स र सिद्धार्थ स्कुलले १–१ वटा स्वर्ण पाए ।
उनीहरुबीच २५, ५०, १ सय, २ सय, ४ सय र १५ सय मिटरका विभिन्न स्पर्धा भएको थियो ।
एभरेष्ट स्कुलको स्वीमिङ पुलमा भएको प्रतियोगितामा १० वटा विद्यालयको सहभागिता रहेको थियो ।
विजेता खेलाडहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।



















