आइएफकेके राष्ट्रिय फुल कन्ट्याक्ट करातेमा परिसालाई स्वर्ण

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ६, आइतबार १९:४४

काठमाडौं । परिसा खड्गीले छैटौं आइएफकेके राष्ट्रिय तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला ४५ केजी मुनि स्वर्ण जितेकी छन् ।

परिसाले फाइनलमा सरस्वतीकुमारी बोहरालाई पराजित गरिन् । सपना तामाङले कांस्य जितिन् ।

इन्टरनेशनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आइएफकेके) द्वारा आयोजित प्रतियोगिताको महिला ४० केजी मुनि शिवानी आले मगर पहिलो भइन् । शिवानीले फाइनलमा कृतिका लामालाई हराइन् । प्राश्नी तामाङ तेस्रो भइन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको पुरुष ३५ केजी मुनि आरुस थापाले फाइनलमा इशान सापकोटालाई पाखा लगाउँदै पहिलो भए ।

अमनकुमार गुप्ता तेस्रो बने । पुरुष ४० केजी मुनि आकाश नेपालीले स्वर्ण जिते । उनले फाइनलमा मनोज अग्रीलाई पन्छाए । साजन वाइबा तेस्रो स्थानमा रहे ।

पुरुष ४५ केजी मुनि प्रवेश गुरुङले बाजी मारे । उनले स्वर्ण भिडन्तमा सागर तामाङको चुनौती समाप्त पारे ।

शेख रिज्वान तेस्रो भए । पुरुष ५० केजी मुनि फाइनलमा सरोज राईले फाइनलमा अनिलकुमार लोहारमाथि जित दर्ता गर्दै शीर्ष स्थान हात पारे । वसन्त सारु मगर तेस्रो भए ।

सबै स्पर्धामा पदक जित्ने खेलाडीले नगद पुरस्कार पाए । कूल १ लाख ३१ हजार नगद पुरस्कार वितरण गरिएको थियो ।

विजेतालाई नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धर, आयोजक आइएफकेकेका संस्थापक एवं नेपाल ब्रान्च चिफ प्रेमबहादुर तामाङलगायतले पुरस्कार प्रदान गरे ।

एक दिने प्रतियोगिताको पुरुषमा ४ र महिलामा २ गरी ६ स्पर्धामा १ सय खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.