
काठमाडौं । साफ यु–१७ च्याम्पियनसिपअन्तर्गत नेपाल र श्रीलंकाबीच खेल भइरहेको छ ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा जारी खेलमा नेपाल ३–० गोलले अग्रता लिएको छ ।
नेपालका लागि सुजन डंगोलले ३ गोल गरेका हुन् ।
यसअघि शनिबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो ।



















