श्रीलंकालाई हराउँदै नेपाल विजयी

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ७, सोमबार १८:२५

काठमाडौं । नेपालले साफ यु–१७ च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ ।

भुटानको चाङलिमिथाङ रंगशालामा आज भएको खेलमा श्रीलंकाविरूद्ध नेपालका सुजन डंगोलको ह्याट्रिक गोल गर्दै विजयी बनाए ।

यो जितसँगै सेमिफाइनलमा पुग्ने सम्भावनालाई नेपालले जिवितै राखेको छ । नेपालले श्रीलंकाविरुद्ध ४–० गोल गरेको हो ।

सुजनको ३ गोलमा नेपाल पहिलो हाफमा ३–० को फराकिलो अन्तरको अग्रता लिएको थियो । खेलको अन्तिम समयमा नेपालका लागि विज्ञान खड्काले थप गोल गर्दै संख्या बढाए ।

नेपालले जितसँगै ३ अंक बटुलेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले हारेको थियो ।

श्रीलंकाको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंका भुटानसँग ५–१ ले हारेको थियो ।

समुहमा ‘बी’ मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार भुटानसँग खेल्ने छ । गत संस्करणमा नेपाल प्रतियोगिताको फाइनलमा पुगेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.