
काठमाडौं । काठमाडौंमा जारी एन्फा महिला फुटबल लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।
प्रतियोगिताअन्तर्गत आजभएको खेलमा पुलिसले कर्णालीलाई ३–० को गोल फरकमा पराजित गरको हो ।
पुलिसको जितमा निर्मला उपाध्याय, मनिषा राउत र सम्झना लावतीले समान १–१ गोल गरेका थिए ।
पुलिसको ८ खेलमा १८ अंकका साथ तेस्रो स्थानमा छ । कर्णालीको समान खेलबाट ४ अंकका साथ दोस्रो चरण प्रवेशको सम्भावनाबाट बाहिरिएको छ ।



















