ब्रिगेड ब्वाइज र संकटा उपाधिका लागि भिड्दै

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १०, बिहीबार २०:५४

विराटनगर । मोरङको पथरीशनिश्चरेमा जारी प्रथम इन्ट्रा पथरीशनिश्चरे अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि संकटा फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्दै छन् ।

दुवै टोलीले उपाधिका लागि शनिबार खेल्ने छन् ।

प्रतियोगिताअन्तर्गत आज भएको खेलमा ब्रिगेडले झापा ११ लाई सडेन डेथमा हराउँदै फाइनलमा स्थान पक्का पारेको हो । खेलको निर्धारित समयमा दुवै टोली गोलरहित बराबरीमा खेलेपछि खेल टाइब्रेकरमा धकलिएको थियो ।

टाइब्रेकरमा पनि गोल संख्या बराबरी भएपछि सडेन डेथका आधारमा छिनोफानो भएको हो ।

ब्रिगेड ब्वाइजका असिम गुरुङ, दिवाक चौधरी, रोहन खड्गी, अभिषेक राईले गोल गरे भने एन्जल महर्जनको प्रहार बाहिरियो ।

झापाका अभिषेक गुरङ, मौषम सुब्बा, उत्सव राई र देवेन्द्र तामाङले गोल गरे भने हिसुप थपलियाको प्रहार बाहिरिएको थियो ।

सडेन डेथमा ब्रिगेडका हरि भट्ट, कोमल खवास र पदम भट्राईले गोल गरे ।

झापाका अन्जल गुरुङ र पेमा तामाङले गोल गरे भने शौभाग्य राईको प्रहार ब्रिगेडका गोलरक्षक रुविन बोगटीले बचाउ गरे ।

म्यान अफ द म्याच ब्रिगेडका दिवाकार चौधरी नगद ५ हजार प्राप्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.