वर्षाका कारण बेलबारी गोल्डकप स्थगित, अर्को मिति खोज्दै

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ११, शुक्रबार २०:०२

विराटनगर । मोरङको बेलबारी नगरपालिकाको लक्ष्मीमार्गमा आजदेखि सुरु हुनुपर्ने सातौं बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ ।

आजदेखि हुने भनिएको गोल्डकप निरन्तरको वर्षाका कारण स्थगित गर्नुपरेको आयोजक एलएक्स सिटी फुटबल क्लबले जनाएको छ ।

वर्षा अझ केही दिन हुनसक्ने मौसम विज्ञहरुले सूचना जारी गरेका कारण खेलका सम्पूर्ण कार्यक्रम स्थगिता गर्नुपरेको क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए ।

उनले आजै क्लबका पदाधिकारी र एन्फाका प्रतिनिधिबीच छलफल हुँदा मौसम प्रतिकूल नभएकाले हाललाई प्रतियोगिताका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय भएको बताए ।

केही दिन ढिलो गरी प्रतियोगिता गर्दा दसैं पर्ने भएकाले एन्फासँग समन्वय गरेर चाँडै अर्को खेल तालिका सार्वजनिक गर्ने अध्यक्ष राईले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.