ग्रामथानमा भेट्रान फुटबल प्रतियोगिता हुँदै

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १२, शनिबार १४:०८

विराटनगर । मोरङको ग्रामथानमा प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिता असोज २९ देखि हुने भएको छ ।

नेताचोक टाइगर क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै शिक्षासेवी रविदानन्द चौधरीको स्मृतिमा भेट्रान फुटबल प्रतियोगिता गर्न लागिएको जानकारी दिइएको छ ।

क्लबका अध्यक्ष मुक्ति गच्छदारले स्वास्थ समाज निर्माण गर्नका लागि खेलकुदको अहम् भूमिका हुने भएकाले फुटबल प्रतियोगिता गर्न लागिएको हो ।

खेलकुदले सबै क्षेत्रलाई जोड्ने काम गर्ने मात्र नभई असल समाज निर्माण गर्न महŒवपूर्ण भूमिका खेल्ने बताउँदै, अध्यक्ष गच्छदारले भने, ‘पहिलो पटक प्रतियोगिता गर्न लागेका हौं । ४० वर्षमाथिका मान्छेहरुमा भएको खेलका प्रतिभालाई उजार गर्दै उनीहरुलाई खेलमा लागि राख्न प्रेरणा मिल्ने मात्रै नभई नियमित खेल्दा स्वास्थ्य हुने भएकोले पनि प्रतियोगिता गर्न लागेका हौं । यस प्रतियोगिता देखेर यहाँका युवा पुस्ता पनि खेल्नु पर्छ भन्ने भावना जागरण हुन्छ भन्ने आशा पनि गरिएको छ ।’

असोज २९ देखि कात्तिक ६ गतेसम्म ग्रामथान–७ स्थित गणेश माविको खेल मैदानमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा आयोजक नेताचोक टाइगर क्लब, विराटनगर रंगशाला भेट्रान, विराटनगर युनाइटेड, इटहरीको चर्च इसाई युनाइटेड, बराहक्षेत्रको बराह भेट्रान क्लब, बेलबारीको बोराबाँध भेट्रान, विराटनगरको विराट भेट्रान क्लब र सुनसरीको जनता भेट्रान क्लबले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका विजेताले नगद ३१ हजार, उपविजेताले नगद २१ हजारका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

व्यक्तिगत पुरस्कारतर्फ म्यान अफ द फाइनलले ७ हजार, उत्कृष्टखेलाडी, उत्कृष्ट गोलरक्षकलाई ५ हजार र हरेक खेलको म्यान अफ द म्याचलाई १ हजार नगद र ट्रफी प्रदान प्राप्त गर्ने छन् ।

प्रतियोगितामा ५ लाख ५५ हजार खर्चको हुने अनुमान गरिएको अध्यक्ष गच्छदारले बताए ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक र विराटनगर युनाइटेडबीच हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.