
सुनसरी । सुसनरीको प्रकाशपुरमा जारी ७ औं प्रकाशपुर च्यालेन्ज कप फुटबलको सेमिफाइनलमा बराहक्षेत्रको चक्रघट्टी फुटबल क्लब पुगेको छ ।
प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेलमा चक्रघट्टी फुटबल क्लबले उदयपुर बेलकाको बुद्ध एकता क्लबलाई ४–२ गोल फरकमा हराउँदै समिफाइनल यात्रा तय गरेको हो ।
चक्रघट्टीका लागि आकाश राईले २ गोल, आदर्श दर्नाल र सुनील खड्काले १–१ गोल गर्दै टोलीलाई विजयी बनाए । बेलका लागि बासा तामाङ र रितेश तामाङले समान १–१ गोल गरे ।
खेलको म्यान अफ द म्याच चक्रघट्टीका आकाशले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरे ।
प्रकाशपुर फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी प्राप्त गर्ने छन् ।



















