
काठमाडौं । नेपालले प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्सको उसुमा ४ स्वर्ण, ५ रजत र १ कांस्य पदक जितेको छ ।
बंगलादेशको ढाकामा भएको प्रतियोगितामा ममता सुनुवार राईले दोहोरो स्वर्ण जितिन् । ममताले महिला नान छ्वान र नान ताउमा स्वर्ण जितेकी छन् । पुरुष ४८ केजीमुनि विराज सुनार तथा ५६ केजीमुनि निश्चल तामाङले स्वर्ण जिते ।
त्यस्तै, पुरुष ६५ केजीमुनि सौगात चन्द, महिला ४८ केजीमुनि अनिता तामाङ, महिला ५६ केजीमुनि मञ्जरी राई, महिला थाइची छ्वानमा प्राथना नेपाल र महिला ५२ केजीमुनि सुभाङ्गीराज्यलक्ष्मी गौतमले रजत जिते ।
रुफस केसीले पुरुष थाइची छ्वानमा कांस्य पदक जितको नेपाली टोलीका प्रशिक्षक राजीव महर्जनले जानकारी दिए ।
सोही प्रतियोगितमा तेक्वान्दो टोलीले २ स्वर्ण, ४ रजत र ८ कांस्य जितेको छ । महिला ६८ केजीमुनि ऋशिका बुढाथोकी तथा पुम्सेको महिला जोडीमा ऋशिका र युनिशा निरौलाले पहिलो स्थान भए ।
पुरुष ४५ केजीमुनि आदित्य पराजुली, पुरुष ६८ केजीमुनि पंकज बिक, महिला ४२ केजीमुनि इच्छा विष्ट र महिला एकल पुम्सेमा ऋषिकाले रजत जिते ।
पुरुष ४८ केजीमुनि दिपन सापकोटा, ४२ केजीमुनि युनिशा निरौला, महिला ५२ केजीमुनि सन्ध्याकुमारी पासवान, पुरुष एकल पुम्सेमा शुभम् पोखरेल र पंकज बिक, महिला एकल पुम्सेमा आदित्य ढकाल, पुरुष जोडी पुम्सेमा आदित्य पराजुली र शुभम् पोखरेल तथा पुम्से महिला जोडीमा इच्छा बिष्ट र आदित्य ढकालले कांस्य पाए ।



















