कात्तिक २ गतेदेखि बेलबारी गोल्डकप

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २०, आइतबार १८:२८

विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा ‘७ औं बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ कात्तिक २ गतेदेखि हुने भएको छ ।

वर्षाका कारण स्थगित भएको गोल्डकप पुनः हुन लागेको हो । ‘बेलबारी नगरपालिकाको पहिचान, हाम्रो गौरव’ भन्ने मूल नाराकासाथ एलएक्स सिटी फुटबल क्लबले पुनः कात्तिक २ देखि १० गतेसम्म फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

क्लब यसअघि असोज ११ गतेदेखि गर्ने खेलको तालिका सार्वजनिक गरेको थियो । तर, मौसम अनुकूल नहुँदा खेल सार्नु पर्यो । क्लबका अध्यक्ष विक्रम राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरेर खेल्न मात्रै बाँकी छँदा भारी वर्षाका कारण खेल स्थगित गर्नु पर्यो ।
निरन्तर पानी परेका कारण बाढीपहिरो आएपछि खेल स्थगित गर्नुपरेको बताउँदै, अध्यक्ष राईले भने, ‘वर्षा रोकिए लगत्तै गर्ने समय भएन । बाढीपहिरोका कारण बाटो बिग्रेकाले खेलाडीहरुलाई आउन जान समस्या हुने र चाडपर्वको मुखसमेत पर्ने भएको हुँदा कात्तिक २ देखि १० गतेसम्म गर्ने निर्णय भएको हो ।’

गत वर्ष ८ टोलीको सहभागिता रहे पनि यस पटक आयोजकसहित १० टोलीको सहभागिता छ ।

आयोजक, डिफेन्डिङ च्याम्पियन काठमाडौंको बिग्रेड ब्वाइज क्लब, विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौंको चित्लाङ फुटबल क्लब, बुटबल लुम्बिनी फुटबल क्लब, झापा ११ फुटबल क्लब, सिरहाको सलहेश युवा क्लब, भोजपुर जिल्ला फुटबल संघ, धनकुटाको रारा फुटबल क्लब र भारत पश्चिमबंगालको दलसिंहपारा स्पोर्टस एकेडेमीको सहभागिता छ ।

प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले नगद ४ लाखका साथ शिल्ड प्राप्त गर्ने छन् ।

प्रतियोगितामा म्यान अफ दि म्याच, सर्वाेत्कृष्ट खेलाडी, सर्वाेत्कृष्ट गोलरक्षक, सर्वाेत्कृष्ट डिफेन्डर, सर्वाेत्कृष्ट मिड फिल्डर, सर्वाधिक गोलकर्ता, उदयिमान खेलाडी र सर्वाेत्कृष्ट प्रशिक्षक पुरस्कार प्राप्त गर्ने छन् ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.