‘दसैंको बेलामा’ सार्वजनिक

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ आश्विन २९, मंगलबार ०९:४२

काठमाडौं । प्रतिभाशाली युवा कलाकार नरेश ढुंगानाले दसैंको अवसर पासरेर आफ्नो पहिलो गीत ‘दसैंको बेलामा’ल्याएका छन् ।

एकतारे को रचना र कल्याण सिंहले संगीत रहेको गीतको म्युजिक भिडियो पनि तयार पारिएको छ । म्युजिक भिडियोको प्रोड्युसर स्नेहा सापकोटा हुन् भने निर्देशन सन्तोष दाहालले गरेका छन् ।

Advertisement

सिनेमाटोग्राफर केन कन्रोडको छायांकनमा बनेको गीतमा दृष्टि पुजारी, आरम्भ काफ्ले, आशुतोष यादव, इबानाथ दंगाल (रामजी), खेमकुमारी दंगाल (मिठ्ठु), स्नेहा सापकोटा, आयुष रिमालको अभिनय छ ।

यसैगरी, रोजी सिंखडा, सुबिना थापा, अनुजा उपाध्याय, सुदीप रिजाल, आदेश दंगाल, निश्चल पौडेल, योगेन्द्र सापकोटा, नारायणी भेटवाल, डा. प्रह्लाद सापकोटा, कमला सापकोटा, आरजु दाहालले पनि म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.