
काठमाडौं । आफूखुसी सम्पर्कविहीन भएका १२ जना प्रहरीहरुलाई ७ दिनभित्रमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले गैरहाजिर भएकालाई बाटोको म्यादबाहेक ७ दिनभित्र हाजिर हुनू भनेर सूचना जारी गरेको हो । गैरहाजिर भएकालाई विवरण र ठेगानासहितको सूचना सार्वजनिक गर्दै हाजिर हुन भनिएको छ ।
गैरहाजिर हुने प्रहरीमा १ जना प्रहरी नायव निरीक्षक (सइ), १ जना सहायक निरीक्षक (असइ), २ जना सहायक हवल्दार, १ जना प्राविधिकतर्फका जवान, ५ जना जवानलगायत छन् । सइ अशोक दर्नालसहितका व्यक्ति हाजिर हुँदा गैरहाजिर हुनुको कारण खोली स्पष्टीकरणसमेत बुझाउनुपर्ने छ ।
प्रहरी प्रधान कार्यालयको सूचनालाई बेवास्ता गरेमा प्रहरी नियमावलीअनुसार कारबाही अघि बढाउने तयारी छ ।
यस्तो छ प्रहरी प्रधान कार्यालयको सूचना


























