रवि लामिछानेमाथि दुर्व्यवहार भएको छैन : प्रहरी

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ११, आइतबार १२:११

पोखरा । सहकारी ठगीलगायतको अनुसन्धानका लागि हिरासतमा राखिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि दुर्व्यवहार नभएको प्रहरीले स्पष्ट पारेको छ ।

लामिछानेलाई म्याद थपका क्रममा अदालत लैजाँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको र हातहतियारसहित इजलासमा प्रहरी प्रवेश गरेकोलगायतका आरोपप्रति प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार एक प्रेस विज्ञप्ति जारी गरेर भ्रामक तथा कपोकल्पित विचार टिकटकलगायत सामाजिक सञ्जालमा सम्प्रेषण गरिएकोप्रति आपत्ति जनाएको हो ।

‘तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरुबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देश प्रवाह हुने तथा मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ,’ कास्की प्रहरीका डीएसपी एवं सूचना अधिकारी वसन्तकुमार शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुरालाई सम्प्रेषण नगरी, सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार, सन्देशमात्र सम्प्रेषण गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन् ।

त्यहाँबाट पोखरा लगेर उनलाई अदालतमा उपस्थित गराइएको थियो । अदालतले अनुसन्धानका लागि प्रहरीलाई पहिलोपटक ६ दिन र दोस्रोपटक ७ दिनको म्याद दिएको थियो । लामिछानेको पक्षमा वकालत गरिरहेका व्यक्तिहरुले भने उनमाथि इजलासमै दुर्व्यवहार भएको र अपशब्द प्रयोग गरिएको भनेर सामाजिक सञ्जालमा पोस्ट गरेपछि प्रहरीले आपत्ति जनाएको हो ।

 

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.