मोरङको बूढीगंगामा फलफूल व्यापारीमाथि कुटपिट

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक १३, मंगलबार १५:४२

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित विराट शिक्षण अस्पतालअगाडि मंगलबार दिउँसो फलफूल व्यापारीमाथि कुटपिट भएको छ ।

जुस किन्ने विषयमा विवाद हुँदा फलफूल पसलका सञ्चालक ३५ वर्षीय खेमराज भट्टराईमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जुस किन्न भनेर पुगेका सुनसरीको बराहक्षेत्र नगरपालिका–१० का १८ वर्षीय कौशल बस्नेत र उनका भिनाजु २५ वर्षीय क्रिस चौधरीले भट्टराईलाई कुटपिट गरेका हुन् ।

Advertisement

दुवै जना विराट शिक्षण अस्पतालमा बिरामी रुँगेर बसेका थिए । कौशलकी आमा बिरामी रहेको प्रहरीले जनाएको छ । कुटपिटबाट भट्टराईको नाकामा चोट लागेको छ ।

उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको छ । अवस्था खतरामुक्त रहेको जानकारी अस्पतालले प्रहरीलाई दिएको छ ।

कुटपिटबाट सामान्य घाइते भएका भट्टराई लाइन्स क्लब आफ टंकीसिनवारी ग्रीन सीटीका प्रेसिडेन्टसमेत हुन् । उनमाथि डिजिटल तराजुलगायतले प्रहार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कुटपिटमा संलग्न दुवै जनालाई पक्राउ गरिएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.