
काठमाडौं । नेपाल प्रहरीका दुई जना नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।
बढुवा सिफारिस समितिले डीआईजीहरु बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा सिफारिस गरेको हो । गृह मन्त्रालयका सचिवको नेतृत्वमा बढुवा सिफारिस समिति हुन्छ ।
एआईजीका लागि सिफारिसमा परेका गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन् । मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि मात्रै उनीहरु उनीहरु एआईजीमा बढुवा हुन्छन् ।

























