
कपिलवस्तु। जिल्ला अदालत कपिलवस्तुमा कार्यरत दुई जना कर्मचारी घुसबापत लिएको रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले अदालतका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई पक्राउ गरेको हो । कपिलवस्तुको गौरी चोकस्थित चिया पसलमा पक्राउ परेकाको साथबाट घुसबापत लिएको २० हजार रुपैयाँ बरामद भएको जनाइएको छ ।
यद्यपि, अख्तियारले भने यसको पुष्टि गरिसकेको छैन । अख्तियार बुटवलका सूचना अधिकारी गीता आचार्यले यस विषयमा कुनै जानकारी नभएको बताइन् ।

























