निर्मला हत्या प्रकरणको अन्तर्वार्ता : ऋषि धमलालाई सीआईबीले बोलायो

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २८, बुधबार १५:२४
नवराज अर्याल र ऋषि धमला ।

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरण आफू प्रत्यक्षदर्शी भएको भन्दै एउटा टेलिभिजनमा अन्तर्वार्ता दिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखाका नवराज अर्याललाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार गलत विवरणसहित दुष्प्रचार गरेको आरोपमा अर्याललाई नियन्त्रणमा लिएर थप सोधपुछ गर्ने काम भइरहेको छ ।

अर्यालले ऋषि धमलाको प्राइम टेलिभिजनमा अन्तर्वाता दिँदै आफू निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी भएको बताएका थिए । आफूले निर्मला पन्त घटना प्रत्यक्ष देखेको दाबी गरेका उनीसँग सीआईबीले मंगलबार सोधपुछ गरेको थियो ।

उनले आफूले घटना प्रत्यक्ष देखेको र घटनामा तीनजना संलग्न रहेको दाबी गरेका थिए । अन्तर्वार्ता सार्वजनिक भएसँगै सीआईबीले उनलाई सोधपुछ गरेको थियो । प्रहरीका अनुसार सोधपुछका क्रममा अर्यालका कुरा विश्वास गर्न लायक थिएनन् ।

उनको मानसिक अवस्था ठीक नभएको अनुमान प्रहरीको थियो । अर्यालले सोधपुछका क्रममा घटनामा संलग्न रहेका दाबी गरेका तीन जनाको नाम पनि लिएका थिए । तर, उनले नाम दिएका व्यक्ति असम्बन्धित रहेको सीआईबीले जनाएको छ ।

गाडीमा हिँडेको बेला घटना देखेको उनले बताएका थिए । प्रहरीका अनुसार घटनाको प्रकृतिसँग उनको बयान मेल खाँदैन । टेलिभिजन अन्तर्वार्ताको दाबी झुटो रहेको एसपी बोगटीले बताए ।

अर्यालले आफूलाई खानेपानी विभागको सवारी चालकका रुपमा चिनाएका थिए । कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको विवरण उनले अन्तर्वार्तामा सुनाएका हुन् ।

अर्यालकी पत्नीसहित अन्तर्वार्ता लिने टेलिभिजन कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सीआईबीले बोलाएको छ । यस प्रकरणमा धमलामाथि सोधपुछ हुने सीआईबीका एक अधिकारीले बताए ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.