
काठमाडौं । नेपालले बिजुली बंगलादेशमा निर्यात गर्न सुरु गरेको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालले शुक्रबारदेखि बिजुली बंगलादेश निर्यात गर्न थालेको हो ।
नेपालले पहिलोपटक तेस्रो मुलुकमा विद्युत व्यापारको सुरुवात गरेको छ । ऊर्जामन्त्री दीपक खड्का, भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट संयुक्त रूपमा बंगलादेश विद्युत निर्यातको उद्घाटन गरेका हुन् ।
उद्घाटनसँगै नेपालले ४० मेगावाट विद्युत बंगलादेश पठाउन थालेको छ । यो याममा एकपटक मात्रै विद्युत बंगलादेश पठाइने छ ।

























