
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (मंगलबार) पोखराबाट काठमाडौं पठाइने छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा पनि लामिछाने मुछिएका छ्न । उक्त सहकारीको रकम हिनामिनाको अनुसन्धान एवं बयान गर्न उनलाई काठमाडौ पठाउन लागिएको हो ।
लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । उनलाई कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । उनीविरुद्ध चितवनमा पनि सहकारी ठगी सम्बन्धी उजुरी परेको छ ।

























