
काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याएको छ ।
बिहीबार काठमाडौं ल्याइएका उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ । लामिछानेलाई राखिएको ठाउँमा यसअघि मानव तस्करीको अनुसन्धानका क्रममा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई राखिएको थियो ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणको बयानका लागि उनलाई काठमाडौं पुर्याइएको हो । त्यसअघि कास्की प्रहरीको हिरासतमा थिए । उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका
हुन् ।
सहकारी संस्थाका अध्यक्ष जीबी (गितेन्द्रबाबु) राई थिए । उनी हालसम्म फरार छन् । आफूहरुको बचत अपचलन गरिएको भनेर ६ सय ४५ जनाले प्रहरीमा जाहेरी दिएका छन् ।
स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रूपैयाँ अनियमितता भएको प्रहरीले जनाएको छ । सहकारीका २७ हजार निक्षेपकर्ता थिए । उनीहरुले २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको रेकर्ड ।

























