पूर्वमा नक्कली सुन देखाएर ठगी, गिरोहका ६ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १७, सोमबार १८:२२

विराटनगर । पूर्वका विभिन्न स्थानमा नक्कली सुन देखाएर सर्वसाधारणमाथि ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना भारतीय नागरिक पनि छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले आज (सोमबार) पत्रकार सम्मेलनमार्फत गिरोहका ६ जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमध्ये ५ जना ५० वर्षमाथि र १ जना ३४ वर्षका छन् ।

Advertisement

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार भारतको दार्जिलिङका ५१ वर्षीय नारायण गुरुङ, ३४ वर्षीय सञ्जय शर्मा, झापाको कमल गाउँपालिका–१ तोपगाछीका ५२ वर्षीय अशोक तामाङ, कनकाई नगरपालिका–९ घैलाडुब्बाका ५९ वर्षीय धकलबहादुर थिङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रवीन तामाङ र हल्दिबारी गाउँपालिका–३ का ६६ वर्षीय रामबहादुर कन्दङवालाई पक्राउ गरिएको छ ।

संखुवासभाको पाँचखपन नगरपालिका–५ का कृष्णबहादुर तामाङले कात्तिक २७ गते बिरामी पत्नीलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल ल्याएका थिए । अस्पतालमै भेटघाट भएका अपरिचित व्यक्तिले गाउँले दाजुभाइको नाता लगाएर सहयोग गर्ने बहानामा झोलाभित्र राखेको १ लाख १० हजार रूपैयाँ चोरिदिए ।

उक्त घटनाको अनुसन्धान सुरु गरेको प्रहरी अन्ततः सर्वसाधारणलाई ठगी गर्ने गिरोहको सञ्जालसम्म पुगेको हो । विभिन्न प्राविधिक पक्षको विश्लेषण गर्ने क्रममा गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । उनका अनुसार विराटबाट पैसा चोरी गरेर हिँडेका व्यक्ति अशोक तामाङ हुन् ।

यो गिरोहले मोरङसहित झापा र सुनसरीमा पनि ठगी गरेको पाइएको जानकारी चिमरियाले दिए । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले गिरोहलाई इटहरीका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

‘विशेष गरेर हटिया, अस्पताल, मेला, पर्व र भिडभाड बढी हुने ठाउँमा गएर गरगहना लगाएका सोझा र वृद्ध अवस्थाका मानिसहरुलाई सुनजस्तो धातु देखाइ प्रलोभनमा पारेर ठगी गर्ने गरेको पाइयो,’ चिमरिया भन्छन् । उनका अनुसार नक्कली सुनका टिल (बिस्कुट) देखाएर प्रलोभनमा पार्दै सर्वसाधारणले लगाएका गरगहना र उनीहरुसँग भएको पैसा ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ठगीमा संलग्न गिरोह सीमित समयका लागि होटलमा बस्ने, होटल परिवर्तन गरिरहने, गलत नामहरु बताउने, फ्ल्याट भाडामा लिएर बस्ने, अन्य व्यक्तिका नाममा रहेका मोबाइलका सिम प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ । प्रारम्भिक अनुसन्धानबाट सुनसरीमा ५, मोरङमा ४ र झापामा १ जनामाथि ठगी गरेको पत्ता लागेको छ ।

‘यो गिरोहले अन्य धेरै जनामाथि ठगी गरेको छ । पीडितहरु हाम्रो सम्पर्कमा आइरहेका छन्,’ एसपी चिमरियाले भने । पक्राउ परेको समूहबाट सुनजस्तो देखिने पहेँलो धातुबाट बनाइएको तिलहरी, हार, मंगलशूत्र, टिल, चन्द्रमा, कानमा लगाउने रिङ, बेरुवा, लकेट, सिक्री, झुम्का, टप, ब्रासलेट, औंठी, चाँदीको पाउजू, जिमाला, कालो पोतेलगायत बरामद भएको उनले बताए ।

साथै, २ लाख ७२ हजार ४ सय ३० नेपाली र २ हजार ६ सय ३० भारती रूपैयाँसमेत बरामद भएको छ । सामान र नगद पक्राउ परेकाको घर तथा कोठाबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ प्रतिवादीविरुद्ध ठगी मुद्दा चलाउन प्रहरीले सोमबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । कसुर ठहर भएमा ७ वर्षसम्म कैद र ७० हजार रूपैयासम्म जरिबाना हुने कानुनी व्यवस्था छ ।

 

तपाइको प्रतिक्रिया
देवानगन्ज गोलीकाण्डको विरोध देशव्यापी बन्दै : विराटनगरमा बजार बन्द, सुनसरीमा राजमार्ग ठप्प, सिरहासम्म फैलियो आन्दोलन
ससुरालीमा श्रीमतीको हत्या प्रयास आरोपमा श्रीमान् पक्राउ
ससुरालीमा श्रीमतीको हत्या प्रयासकाे आरोपमा श्रीमान् पक्राउ
सुनको मूल्यमा घट्याे
सुनको मूल्यमा घट्याे
पकलीदेखि कोशी ब्यारेजसम्म सडक अवरुद्ध, इटहरीबाट पश्चिम जाने गाडी रोकिए
पकलीदेखि कोशी ब्यारेजसम्म सडक अवरुद्ध, इटहरीबाट पश्चिम जाने गाडी रोकिए
विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने नेपाली टोलीको बिदाइ
विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने नेपाली टोलीको बिदाइ
विराटनगरको एक कम्पनीसहित १२ निर्माण र आपूर्ति कम्पनी कालोसूचीमा (सूचीसहित)
विराटनगरको एक कम्पनीसहित १२ निर्माण र आपूर्ति कम्पनी कालोसूचीमा (सूचीसहित)
सुनसरीका विभिन्न स्थानमा कर्फ्यू यथावत्
कप्तानगन्ज घटनापछि तीन पालिकाको शोक, बिदा र सद्भावको अपिल
एक विद्यालयभित्र शिक्षिकाको शंकास्पद मृत्यु
विद्यालयभित्र शिक्षिकाको शंकास्पद मृत्यु
तमोर करिडोरमा ट्रकमा आगलागी, जलेर चालकको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×