
विराटनगर । विराटनगरमा सडकको साइडमा राखेर राखिएको अटो टेम्पोभित्र ६० किलोग्राम गाँजा भेटिएको छ ।
सशस्त्र प्रहरी बल नेपालको एफओपी (फरवार्ड अब्जरभेसन पोस्ट) बखरीबाट खटिएको सइ ओमबहादुर खड्का नेतृत्वको टोलीले सोमबार साँझ ७ बजेतिर लागुऔषध गाँजासहित को २ हा १९६९ नम्बरको अटो नियन्त्रणमा लिएको छ । मोटरसाइकल गस्तीमा रहेको सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१८ झटियाहीस्थित सडकको छेउमा राखेर राखेको अटोमा गाँजा फेला पारेको हो ।
गाँजासहित अटोलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्काले जानकारी दिए । उनका अनुसार अटो चालक फरार छन् । खोजी भइरहेको प्रहरीले जनाएको छ ।

























