
पर्सा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध बुधबार पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर उनलाई पोखरा लगिएको थियो । त्यसपछि बुटवल, काठमाडौं हुँदै उनलाई चितवन ल्याएर बयान लिने काम भइरहेको छ ।
विभिन्न स्थानका सहकारी ठगी प्रकरणमा लामिछाने मुछिएका छन् । पर्सामा उनीसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले बतायो ।
स्रोतका अनुसार वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेलगायत माथि अनुसन्धान हुने भएको हो । पक्राउ पुर्जी जारी भएका अन्यको नाम खुलेको छैन ।

























