आज बिहानैदेखि हुस्सु, वर्षा र हिमपातको सम्भावना

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २३, आइतबार ०६:५५

काठमाडौं । मुलुकको तराई क्षेत्रमा आज (आइतबार) बिनानैदखि हुस्सु लागिरहेको छ । विशेष गरेर तराई क्षेत्रमा हुस्सु लागिरहेको हो ।

केही ठाउँमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानमा वर्षा र हिमापात हुनसक्ने पूर्वानुमान गरिएको हो ।

साँझदेखि मौसम बदली हुने अनुमान छ । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालका धेरै स्थानमा आंशिकदेखि साधारण बदलीको सम्भावना रहेको हो ।

जुन प्रणालीको प्रभावका कारण आज साँझदेखि भोलि रातिसम्म कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुनसक्ने जनाइएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

केही स्थानमा हल्का र केहीमा मध्यम वर्षाको सम्भावना रहेको हो । साथै, मौसम प्रणालीका कारण तापक्रममा समेत गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको पनि जनाइएको छ ।

 

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.