बालिकालाई घरमा राखेर पटक-पटक बलात्कार, पक्राउ परे बिर्तामोडका पूर्वमेयर

Share this
820shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २४, सोमबार १८:४५

विराटनगर । झापाको बिर्तामोड नगरपालिकाका पूर्वनगर प्रमुख (पूर्वमेयर) ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । घरमा काम गर्न राखिएकी १७ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा पक्राउ उनी परेका हुन् ।

बिर्तामोड– ५ स्थित आफ्नै घरमा घरेलु कामदार राखेर पटक–पटक करणी गरेको आरोप शिवाकोटीमाथि छ । बालिकाको जाहेरीपछि प्रहरीले आज (सोमबार) शिवाकोटीलाई पक्राउ गरेको हो ।

झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका शिवाकोटीमाथि अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार पीडित किशोरीका बुवा छैनन् । आमा भारतमा छन् ।

आमाले पनि दोस्रो विवाह गरेपछि शिवाकोटीले घरको काम गर्ने र पढाउने भन्दै बालिकालाई आफ्नो घरमा ल्याएका थिए । उनी प्राविधिक विषय पढिरहेकी थिइन् ।

शिवाकोटीबाट पटक–पटक बलात्कृत भएकी किशोरी कलेजबाट भागेर आमा भएको स्थान भारतको आसाम जान खोज्दा आफन्त नेपालको काँकडभिट्टामा रहेको टोलीले रोकेर सोधपुछ गरेको थियो । सोधपुछको क्रममा शारीरिक शोषण भएको खुलेको हो ।

आफन्त नेपालले उद्दार गर्दा उनी कलेजको पोसाकमै थिइन् । त्यसपछि प्रहरीमा जाहेरी परेको थियो । शिवकोटी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट प्रतिनिधित्व गर्दै बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.