
विराटनगर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (बुधबार) काठमाडौंबाट पोखरा लगिएको छ ।
पर्साबाट काठमाडौं पुर्याएर उनलाई पोखरा लगिएको हो । सहकारी ठगीमै बयानका लागि लामिछानेलाई पर्सा लगिएको थियो ।
बुद्ध एयरको जहाजको अन्तिम सिटमा बसेर उनी पोखरा उडेका थिए । रविलाई आजै बिहान बिहान वीरगञ्जबाट काठमाडौं लगिएको हो ।
काठमाडौं पुर्याउनसाथ उनलाई केहीबेर विमानस्थलमा राखेर पोखरा लगिएको प्रहरीले जनाएको छ । रवि चढेकै विमानमार्फत उनकी पत्नी निकिता पौडेल पनि पोखरातर्फ लागेकी छन् । तर, रवि र निकिता फरक फरक सिटमा छन् ।
लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । यसअघि बुटवल, काठमाडौं, चितवनमा पनि उनलाई बयानका लागि लगिएको थियो ।

























