सिरहामा दुर्घटनामा परेकाे कारमा भेटियाे १३० किलो गाँजा

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २९, शनिबार २१:३३
फाइल फाेटाे

विराटनगर । पूर्वपश्चिम राजमार्गकाे सिरहा खण्डमा दुर्घटनामा परेको कारमा गाँजा बरामद भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलमा ना ३ ख ७५९१ नम्बरको ट्रकसँग ठोक्किएको बा ८ च ९९६३ नम्बरको कारमा १३० किलो गाँजा बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार कारबाट पाँच वटा प्लास्टिकको बोरामा प्याक गरिएको अवस्थामा १३० किलो गाँजा बरामद भएको हो ।

कारका चालक फरार छन् भने ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका १० बालचनपुर बस्ने सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार विराटनगरबाट रौतहट जाँदै गरेको ट्रकसँग कार रोमाइलमा ठोक्किएको थियो ।

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.