
विराटनगर । विराटनगर बसपार्कमा खुकुरी हानाहान हुँदा एक जना घाइते भएका छन् । एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर– ११ बसपार्कमा मंगलबार राति करिब साढे १० बजे सामान्य विवादमा विराटनगर– ११ का रेगन कँडेलले विराटनगर १२ का विजय कामतलाई खुकुरी प्रहार गरेका थिए ।
सामान्य विवादमा राति खुकुरी प्रहार भएको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । कँडेलले खुकुरी प्रहार गर्दा कामतको बायाँ हातमा गहिरो चोट लागेको छ ।
प्रहरीले राति नै कँडेललाई पक्राउ गरेको थियो । कँडेल बसपार्कमा काम गर्ने विवादास्पद छबीका व्यक्ति हुन् । उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको जोशीले बताए ।

























