आपराधिक लाभ कसुरमा निलम्बित इन्स्पेक्टर अदालतमा हाजिर

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस ७, आइतबार १३:५६

काठमाडौं । आपराधिक लाभ कसुरमा फरार रहँदै आएकी निलम्बित प्रहरी निरीक्षक बिनु शाही आइतबार जिल्ला अदालत ललितपुरमा हाजिर भएकी छन्। अदालतका प्रवक्ता राम सजिवन महतोले निलम्बित निरीक्षक शाही अदालतमा उपस्थित भएको पुष्टि गरेका छन्। उनी उपस्थित भएसँगै आजैबाट थुनछेक बहस शुरु हुने पनि प्रवक्ता महतोले प्रशासनलाई जानकारी दिए ।

प्रहरी प्रभाग भैँसे पाटीको इन्चार्ज रहेका बेला हनी ट्र्यापको माध्यमबाट रकम असुली गरेको आरोप शाहीमाथि लागेको थियो। यसै प्रकरणमा जिल्ला अदालत ललितपुरले यसअघि ताजमूल इस्लामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

त्यस्तै, प्रहरी हवल्दार महेन्द्र हमाललाई तारेखमा र सुस्मा विकलाई दुई लाख रुपैयाँ धरौटीमा र भिमादेवी थापालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको थियो।

निलम्बित शाही र अर्का एक जना पुरुष फरार रहेका थिए। प्रकरणमा उनीहरूमाथि मिलेमतोमा एक व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरेको खुलेको थियो। घटनाबारे डिएसपी नरहरि अधिकारीको नेतृत्वमा प्रारम्भिक छानबिन भएको थियो। उक्त समितिले शाहीमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो।

थप अनुसन्धानका लागि मुद्दा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पठाइएको थियो। शाहीको अदालत उपस्थितिले मुद्दामा नयाँ मोड आउने संकेत देखिएको छ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.