सन्तनेताको नाममा विराटनगरमा बन्दैछ ६ तले भवन

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस ८, सोमबार १८:१५

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक स्वर्गीय कृष्णप्रसाद भट्टराईले आफ्नो जीवन सादगी र दृढ नेताको रुपमा बिताए । विवाह नगरेका उनले निजी सम्पति जोडेनन् । लामो समय डेरामा बसेका उनी जीवनको उत्तरार्ध आश्रममा बसे । सन्तनेताको छबी बनाएर  उनको २०६७ फागुन २० गते  निधन भयो ।

भट्टराईले नेपाली समाजमा सादगी र निष्ठावान नेताको पहिचान बनाएका छन् । सादगी नेताको मृत्युपछि विराटनगरमा आलिसान भवन निर्माण भइरहेको छ । सन्तनेताको सम्झनामा विराटनरगको कञ्चनबारीमा ६ तल्ले आलिशान भवन निर्माण भइरहेको हो ।

सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले भवन निर्माण गरिरहेको फाउन्डेशनका अध्यक्ष कांग्रेस नेता रमेशजंग रायमाझीले जानकारी दिए ।

भट्टराईको योगदान बारे नयाँ पुस्तालाई जानकारी दिनका लागि भवन निर्माण गरिएको उनले बताए । यो भवन २०८२ को फागुनमा उद्घाटन गर्ने योजना छ । करिब १ बिघा क्षेत्रफलमा निर्माण भइरहेको प्रतिष्ठानको सम्पूर्ण काम सकिदा १५ करोड हाराहारी खर्च हुने उनले बताए । ‘अहिले लगभग ७ करोडजति खर्च भयो, ६ तलाको छत ढलाइ भइसक्यो’ उनले भने ।

उनका अनुसार सुरुमा टेक्निकल कलेज सञ्चालन गर्ने योजना थियो । तर विद्यार्थी नहुने भएका कारण प्रतिष्ठान निर्माण गरिएको उनले बताए । ‘ टेक्निकल कलेज खोलेर वार्षिक ६०० सय विद्यार्थी पढाउने योजना थियो, तर विद्यार्थी नपाउने भएका कारण स्मृति प्रतिष्ठान बनाइरहेका छौं,’ उनले भने ।

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.