अचेत अवस्थामा भेटिएकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस ९, मंगलबार २२:०६

विराटनगर । मोरङको कटहरी गाउँपालिका – २ मा पर्ने बासँ झ्याङमा अचेत अवस्थामा भेटिएकी महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

जहदा गाउँपालिका– ३ की २३ वर्षीय ऋषिदेव थरकी महिला घरदेखि करिब २ किलाेमिटर टाढा कटहरी गाउँपालिका २ मा पर्ने खेतबारीकाे बीचमा रहेकाे बाँस झ्याङमा हातखुट्टा बाँधेको अवस्थामा अचेत अवस्थामा फेला परेकी थिइन् ।

ति महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार कटहरी गाउँपालिका २ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो गुल्जारलाई पक्राउ परेका हुन् ।

प्रहरीले पक्राउ परेकाहरुको नाम आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीका अनुसार पराल लिन गएकी महिलाले देखेपछि उनको उद्दार भएको थियो ।

अचेत अवस्थामा भेटिएकी महिलाको स्वास्थ्यमा सुधार भइरहेको छ । उनकै बयानका आधारमा तीन जनालाई पक्राउ गरेको उनले बताए ।

प्रहरीका अनुसार घरबाट सौच गर्न निस्किएकी महिलालाई तीन जनाको समूहले सिटी सफारीमा राखी कटहरी – २ स्थित बाँस झ्याङमा लागेर हातखुट्टा बाँधेर जवरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

मोरङ प्रहरी प्रवक्ता जोशीका अनुसार ती महिलाले लगाएको कपडा च्यातिएका छन्, शरिरका केही भागमा निलडाम पनि छन्  । महिलाको अवस्था अहिले सामान्य छ । २ सन्तानकी आमा ति महिला माइतमा बस्दै आएकी थिइन् । थप विषय स्वास्थ्य परीक्षणपछि मात्रै खुल्ने प्रहरीले बताएकाे छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.