मोरङको सुन्दरहरैँचामा हात्तीको उपद्रो, तीन घरमा क्षति

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २४, बुधबार १२:५५
फाइल तस्बिर

विराटनगर । मोरङमा जंगली हात्तीले तीन घरमा क्षति पुर्याएको छ । बुधबार बिहान करिब ४ बजे जंगलबाट सुन्दरहरैँचा नगरपालीका–१० बागझोडा स्थित बस्तीमा पसेको हात्तीले ३ घरमा क्षति पुर्याएको हो ।

प्रहरीका अनुसार हात्तीले सुन्दरहरैँचा नगरपालीका– १० बागझोडाकी खड्गमाया बरालको टिनको छानो भएको घर भत्काएर करिब १५ मन  धान खाएकाे छ । घरमा खानका लागि राखेको धान हात्तीले बाँसको टाटीबेरा भत्काएर खाइदिएको थियो ।

सोही स्थानकी चन्द्रकला श्रेष्ठको घरको उत्तर पट्टी रहेको गारो हात्तीले भत्काएको छ ।

हात्तीले गारो भत्काउँदा कोठा भित्र रहेको दराज, पलङमासमेत क्षति पुगेको प्रहरीले बताएको छ ।

सोही स्थानकी कृष्णदेव राईको घरको पनि बेरा भत्काएर क्षति पुर्याएको छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.