यस्ताे छ अन्जला काेइरालालाई धरौटीमा छाड्ने आदेशमा

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २४, बुधबार २१:४९

विराटनगर । बुधबार बिहान जिल्ला अदालत माेरङमा हाजिर भएकी प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अन्जला काेइराला १० लाख धराैटी बुझाएर साँझमा छुटिन् । उनीमाथि मोरङको धनपालथान–४, कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाकाे बचत अपचलनकाे आराेप छ ।

साे सहकारीको पूर्वसञ्चालक काेइरालालाई धरौटीमा छाड्दा अदालतले ३ वटा विषयलाई आधार मानेकाे छ  ।

पहिलाे, २०७८ साल माघ ५ गते सञ्चालकबाट दिएको राजीनामा

दाेस्राे, अन्जला काेइरालाकाे दायित्व छैन भनि सहकारीले दिएकाे कागज

तेस्राे, अदालतमा उनले गरेकाे इन्कारी बयान । 

काेइरालाले बयानका क्रममा सहकारीबाट कुनै आर्थिक लाभ नलिएकाे, सहकारीकाे कुनै निर्णय तथा कागजातमा सहीछाप नगरेकाे र माइन्युटमा पनि अंग्रेजीमा गरिएका सहीछाप आफूले नगरेकाे दाबी गरेकी थिइन् । साेही आधारमा थप प्रमाण बुझ्दै जाँदा ठहरे बमाेजिम हुने गरी धराैटीमा छाडेकाे हाे ।

अदालतकाे आदेशमा भनिएकाे छ,‘सहकारीको पूर्ण साधारणसभाको मिति २०७८ माघ १५ मा बसेको बैठकले निज प्रतिवादी अन्जला कोइरालाले दिएको राजिनामा स्वीकृत गर्दा निजको यस संस्था प्रति कुनै दायित्व रहेको छैन भन्ने समेत बेहोरा उल्लेख गरी स्वीकृत गरेको र सोही अनुसार निज प्रतिवादीलाई व्यक्तिगत पत्र दिई, विभिन्न वित्तीय संस्थाहरुलाई बोधार्थ समेत दिएको अवस्था भएकोले अभियोग दाबीमा उल्लेखित विषयमा पछि थप प्रमाण बुझ्दै जादा ठहरे बमोजिम हुने गरी, निजलाई हाल थुनामा नै राखी कारवाही गरिरहन पर्ने नदेखिएकोले हाललाई यी प्रतिवादी अन्जला कोइरालाबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम दश लाख रुपैयाँ नगद धरौट वा जेथा जमानत वा बैंक जमानत दिए लिई तारेखमा राख्नु ।’

अदालतमा अन्जलाको तर्फबाट वरिष्ठ अधिवक्ता चुडामणि आचार्य, शान्तिराम भण्डारी, रामप्रसाद भण्डारी, डिल्लीबहादुर कार्की, सिताराम राई, रमेश कोइराला, देवीबहादुर घिमिरे, गणेशराज लुइँटेल, हेमराज पन्त र अधिवक्ता साहस आचार्य, रिता दाहाल, अन्ताज हुसेन, सन्नीकुमार साह, विश्वराम भट्टराई, मुना वस्ती, हरिशंकर मण्डल, कला त्रिताल, रसिकलाल मण्डल, डिल्लीराम घिमिरे र विनोदकुमार तिम्सिनाले बहस गरेका थिए ।

 २७ मंसिरमा जिल्ला अदालतमा सहकारीका अध्यक्ष शम्भुकुमार राैनियारसहित २६ जनालाई प्रतिवादी बनाएर दर्ता भएको यो मुद्दामा २८ मंसिरमा सहकारीका सञ्चालक तथा धनपालथान गाउँपालिका – ४ का पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएकाे थियाे । पक्राउ पुर्जी जारी भएपछि हाजिर भएका पूर्वउपाध्यक्ष तथा रंगेली नगरपालिका वडा नम्बर २ का वर्तमान वडाध्यक्ष सन्तलाल खवासलाई ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.