
काठमाडौं । जिल्ला अदालत कास्कीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । सोही मुद्दामा रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । अन्य जिल्लामा पनि दुवैविरुद्ध मुद्दा दायर भएका कारण तत्काल छुट्ने छैनन ।

























